पार्टीको सहमति विना फोरम संसदीय दलका नेता विजयकुमार गच्छदार सरकारमा सहभागी भएपछि फोरम फुटको संघारमा पुगेको छ। सरकारमा उपप्रधानमन्त्री पदमा बहालि भएपछि शुक्रबार बिहान पार्टीका कार्यालय बुद्धनगर पुगेका गच्छदारलाई अध्यक्ष उपेन्द्र यादव पक्षधर कार्यकर्ताले उनलाई कालो झण्डा देखाएका थिए। कालो झण्डा देखाएर उनी चढेको गाडीमा ढुंगा प्रहार गरेका थिए। गच्छदारको गाडीमा असन्तुष्ट समूहले ढुंगा प्रहार गरेका हुन्। गच्छदारलाई प्रहरीले सुरक्षा दिएका थिए। पार्टीका कार्यालयमा भने अध्यक्ष यादवसहित असन्तुष्ट समूहको छलफल भइरहेको थियो। फोरम अध्यक्ष यादवले पार्टीको सहमति विना सरकारमा सहभागी गराइएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन्। दैनिकीसँग कुरा गर्दै उनले प्रधानमन्त्रीलाई पार्टीको निर्णय विपरित नजान लिखित रुपमा आग्रह गर्दा गर्दै उनले गच्छदारलाई मन्त्री बनाएपछि अब समर्थनको कुनै अर्थ नरहेको बताए।गच्छदारद्वारा पदभार ग्रहणउपप्रधानमन्त्री विजयकुमार गच्छदारले पदभार ग्रहण गरेका छन् । शुक्रबार विहान उनले उपप्रधानमन्त्रीको पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उपप्रधानमन्त्री गच्छदारले बृहत प्रजातान्त्रीक एकताका लागि आफूले पार्टीभित्र जोखिम मोलेको बताएका छन् । उनले सरकारमा सहभागी दलहरुबीच बृहत एकता आवश्यक रहेको पनि बताए । उनले पार्टी अध्यक्ष र सहअध्यक्षको कुरा आफूले नबुझेको भन्दै उनीहरुलाई पनि सरकारमा सहभागी गराउने प्रयास रहने बताए ।
No comments:
Post a Comment