NEWS OF NEPAL

Wednesday, May 5, 2010

PM Nepal tells diplomats govt ready to take difficult decision to end crisis

Prime Minister Madhav Kumar Nepal on Wednesday tried to allay concerns of foreign diplomats in Nepal about the complicated political situation of the country.
In a meeting with some 44 diplomats and heads of donor agencies in Nepal at his official residence in Baluwatar, PM Nepal said that he was ready to take difficult decisions to give a way out to the deepening political crisis.He, however, said that the unconstitutional steps taken by the main opposition Unified CPN (Maoist) to unseat the government is hindering attempts to resolve the problem facing the country.On the occasion, the diplomats expressed their serious concern over the worsening situation of the country.They complained that the growing instability in the country has put their people coming to visit Nepal in serious risk and warned that if the situations persist they will be compelled to issue travel advisories barring their citizens from traveling to Nepal.Stating that there is no alternative than to forge consensus among the parties to end the political crisis, the diplomats stressed on more dialogue and understanding."We advised the prime minister that consensus is needed among parties to end the current political crisis," US ambassador for Nepal Scott H DeLisi told media-persons after the meeting.During the meeting, PM Nepal also assured that the UNMIN's term, which expires on May 15, will be extended.On the occasion, PM Nepal also requested the Unified CPN (Maoist) to call off its general strike and sit for talks.

Gunshots heard during Maoist protest in Bhaktapur

Maoist affiliated Young Communist League (YCL) and UML affiliated Youth Force (YF) exchange allegations over the firing that took place near Bhaktapur Durbar square Wednesday morning.
At least two gunshots were heard while the YCL cadres were chasing away the YF cadres after the latter demonstrated against the general strike.
The two youth groups were demonstrating from early morning in the area. YF rally was led by its president Mahesh Banset.
According to YCL members, they have collected one magazine and 4 bullets from the scene, which have been handed over to police. No one has been report hurt in the incident.
YCL and YF leaders have accused each other for the firing. Police have now taken the situation under control.

Monday, April 26, 2010

नम्रताको रेस्टुराँमा आलु कति महँगो!

निजी भिडियो सार्वजनिक भएपछि विवादमा फँसेकी मोडल तथा नायिका नम्रता बिस्तारै समाजमा स्थापित हुने क्रममा छिन्। सार्वजनिक समारोहहरुमा उनी बिस्तारै देखिँदै छिन् भने साथीहरुसँग मिलेर उनले बिल्कुलै नौलो क्षेत्रमा पनि हात हालेकी छिन्- रेस्टुरेन्ट व्यवसाय। उनको रेस्टुरेन्टमा रोयल भनिएको आलु खान लाग्छ ११० रुपैयाँ। यसमा सर्भिस चार्ज र १३ प्रतिशत भ्याट जोड्नै बाँकी छ। को आउँछन् त उनको रेस्टुरेन्टमा बढी ? आफ्नो रेस्टुरेन्टको विशेष लक्षित वर्ग कोही नभएको उनको बुझाइ छ। ‘सबै खालका मान्छे आउँछन्,’ दुई हातका औंलाका नङ जुधाउँदै नम्रताले भनिन्, ‘विशेष गरी मिडियाका मान्छे बढी आएको पाएकी छु।’ संयोग- एक थरि मिडियाकर्मीकै कारण झण्डै उनको सामाजिक जीवन समाप्त भएको थियो। उनको जवाफमा व्यङ्ग्य मिसिएको थियो कि वास्तविकता, त्यो उनैले जान्ने कुरा। हामी भने बिना योजना पाइला सार्दै त्यहाँ पुगेका थियौँ।
बुधबार दिउँसो हिरोइन नम्रता श्रेष्ठको एट्टिक (बुइँगल) रेष्टुराँमा खाजा खान जाने विषय त्यस्तै एउटा क्षणिक रमाइलो निर्णय थियो। नागरिकन्युजका दोस्त ऋषिकेश दाहाल र अशोक थापासँग एकदम छोटो कुराकानीपछि म खाजाका लागि एट्टिक जान सहमत भएँ।
भिडियो प्रकरणपछि उनी मौन थिइन्। उनको मौनता तोड्न पाइने लोभले हामीले लाजिम्पाट पुरानो आर्किटेक्चरयुक्त घरको तेस्रो तल्लाको बुइँगलसम्म उक्लियौं। बाहिरबाट प्राचीन भए पनि भित्रको फर्निसिङ आधुनिक रहेछ। एकैछिनको प्रतीक्षापछि झुल्किइन्- नम्रता। चन्द्रमाझैं सेतै पहिरनमा। म एक आत्मविश्वासी, परिश्रमी र नयाँ कुरा सिक्न रुचाउने नारी हुँ,’ आफ्नोबारे प्रष्ट पार्दै उनले सुनाइन्। उनले हामीलाई यसो बताइरहँदा उनको दह्रो आत्मविश्वास सजिलै अनुमान लगाउन सकिन्थ्यो। मोडल, रेडियो प्रस्तोतादेखि हिरोइनसम्मको परिचयपछि अब नम्रता आफ्नै रेष्टुराँमा थिइन्। ‘यो मेरो लागि नयाँ अनुभव थियो,’ एक वर्षअघि साथी रेमनसँग मिलेर रेस्टुरेन्ट खोल्नुको कारण उनले सम्झिइन्, ‘नयाँ सोच र आफ्नै किसिमको ह्याङ आउट जङ्क्सनको आवश्यकताका लागि यो खोलिएको हो।’
रेस्टुरेन्ट उनको रुचिकै विषय चाहिँ होइन। यसलाई एउटा प्रयोगात्मक योजनाको परिणाम ठान्छिन्। उनका लागि रेस्टुरेन्ट पूर्ण आर्थिक मुनाफाको विषयभन्दा पनि बढी जनसम्पर्क बिस्तारको बहाना हो। ‘मधुर संगीत, आकर्षक इन्टेरियर डिजाइन र मिठो परिकार यहाँको विशेषता हो,’ यसो भनिरहँदा नम्रता रेस्टुरेन्टकी पक्का ‘मालिक’ लागिरहेकी थिइन्, ‘त्यसैले यहाँका ग्राहक संगीत, शान्त वातावरण अनि मिठो खाना खोज्नेहरू हुन्।’
मनोरञ्जनका लागि बुधबार र शुक्रबार नम्रताको एट्टिकले सांगीतिक कार्यक्रम पनि गर्छ। नयाँ वर्ष, होली लगायतका पर्वमा उनीसँगै भेटिन्छन् सेलिब्रिटीहरू विशेष कार्यक्रमसहित।
फिल्म, मोडलिङ र इभेन्टमा व्यस्त भइरहनुपर्ने हुनाले नम्रताले रेस्टुरेन्टमा त्यति धेरै समय दिन पाउँदिनन्। ‘त्यस्तो बेलामा साथीहरू मिस हुन्छन्, म जहाँसुकै भए पनि मेरो आत्मा यहीँ भएजस्तो लाग्छ,’ उनले सुनाइन्। त्यो आत्मा रेमन त हैन कतै ? प्रश्न मुखमै थियो, उच्चारण गरिनँ। ‘मान्छे पाइलै पिच्छे पाठ सिक्छ, लडेर होस् वा पढेर। मैले बितेको वर्ष दुःख-पीडाबाट बढी सिकेँ’, झन्डै २० मिनेट जतिको प्रश्न-उत्तरपछि नम्रता श्रेष्ठले आफ्नो भिडियो प्रकरणपछिको मनोविज्ञान खुलस्त पारिन्।
प्रभुशमशेर राणाले निर्माण गर्न लागेको ‘पर्पल डेज’को मुख्य भूमिकामा उनी अनुबन्धित भएकी छन्। नेपाली हिरोहरूले समेत एउटा फिल्मको पाँच लाख पाउँदैनन् तर नम्रताले ‘पर्पल डेज’मा पाँच लाख पारिश्रमिक लिएको लुकाइनन्। ‘मेरो खुबीका लागि जति पाउन लायक छ त्यति लिन्छु। कुरा त्यही हो,’ नम्रता कुटनीतिक बनिन्।

Thursday, April 15, 2010

'संवैधानिक संकट आए विद्रोह'

काठमाडौ, चैत्र २६ - एमाले उपाध्यक्ष वामदेव गौतमले आफ्नै पार्टी नेतृत्वमा बनेको सरकारका कारण मुलुकमा संवैधानिक संकट आउन लागेको जिकिर गर्दै जेठ १४ पछि पनि स्थितिमा सुधार नआए 'विद्रोह गर्ने' बताएका छन् । त्यस्तो अवस्था उत्पन्न हुन नदिन र राष्ट्रिय सहमति निर्माण गर्न प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिनुपर्ने माग पनि उनले दोहोर्‍याए ।
उपाध्यक्ष गौतमले जेठ १४ मा संविधान नबने 'क्रान्तिकारी' हरूले विद्रोह गरी पार्टी पुनर्गठन गर्नुपर्ने बताएका हुन् । 'जेठ १४ सम्ममा संविधान बनेन भने त्यसपछि अन्तरिम संविधान समाप्त हुन्छ, प्रधानमन्त्री, राष्ट्रपति सबै अवैध हुन्छन्,' उनले बुधबार कान्तिपुरसँग भने, 'त्यस्तो अराजक अवस्थामा एमाले छिन्नभिन्न हुन्छ । क्रान्तिकारीहरूले पार्टी पुनर्गठन गरी अर्को लोकतन्त्रको स्थापना गर्नेछन् ।'
जेठ १४ मा पार्टी छिन्नभिन्न भएपछि अहिलेको एमालेमा रहेका क्रान्तिकारीलाई आफूले पार्टी पुनर्गठनको आह्वान गर्ने पनि उनले बताए । 'म त्यतिबेलाको परिस्थितिको कुरा गरिरहेको छु,' उनले भने, 'प्रधानमन्त्री माधवकुमार नेपाललाई समर्थन गर्नेहरूले त्यतिबेला पनि सरकारको समर्थन गर्नेछन्, जसलाई जनताले विद्रोह गरी समाप्त पार्नेछन् ।' पार्टी पुनर्गठन गर्दा बहुमत केन्द्रीय सदस्यहरूले साथ दिने उनको दाबी
छ । 'जेठ १४ पछि संविधानसभा नै नहुने भएकाले संसदीय दल भन्ने नै हुँदैन,' गौतमले भने, 'केन्द्रीय कमिटीको बहुमतले पार्टी पुनर्गठन गर्नेछ ।'
एमालेका एक वरिष्ठ पदाधिकारीले भने केन्द्रीय कमिटीमा गौतमको पकड उल्लेख्य नरहेको दाबी गर्दै भने, 'उहाँको कुरा बढी काल्पनिक भयो । उहाँलाई २०५४ को ह्याङओभरले नछोडेको मात्र हो ।' पार्टीको छैटांै महाधिवेशनमा अल्पमत पक्षको नेतृत्व गरेका गौतमलाई २०५४ मा संसदीय दलका ४० प्रतिशत सदस्यले साथ दिएपछि एमाले विभाजित भएको
थियो । उनको नेतृत्वमा नेकपा माले गठन गरिएको थियो । २०५६ को आमनिर्वाचनमा मालेले शून्य सिट ल्याएपछि २०५६ फागुन ३ मा पार्टी एकता गरी गौतम एमालेमै फर्किएका थिए । जनकपुरमा सम्पन्न सातौं महाधिवेशनमा उनी ओलीनिकट थिए भने बुटवलको आठौं महाधिवेशनमा नेपाल र ओलीविरुद्ध झलनाथ खनालको पक्षमा उभिए ।
सरकारकै कारण राष्ट्रिय सहमति नबनेको दाबी गर्दै उनले त्यसमा माओवादीको कत्ति पनि दोष नभएको बताए । 'यो सरकारको गठन नै माओवादी बिना शान्ति प्रक्रिया र संविधान निर्माणलाई पूर्णता दिन सकिन्छ भन्नेहरूले गरेको हो,' उनले भने ।

Wednesday, April 14, 2010

जेठ १४मा संविधान जारी नहुनेः खनाल

काठमाडौ, वैशाख २ - एमाले अध्यक्ष झलनाथ खनालले जेठ १४ गते संविधान जारी नहुने बताएका छन् । अन्य दलका शीर्षस्थ नेताले तोकिएकै मितिमा संविधान जारी हुने बताइरहेको बेला उनको त्यस्तो अभिव्यक्ति आएको हो ।
उनले जेष्ठ १४ मा संविधान घोषणा हुने उपयुक्त वातावरण नभएको बताए । नयाँ संविधान जारी हुन ४३ दिन मात्र बाँकी रहेको छ । पारिजात स्मृति केन्द्रले उनकै निवासमा बिहीबार बिहान गरेको कविता वाचन कार्यक्रममा खनालले संविधान निर्माण प्रक्रिया र त्यसको अन्र्तवस्तुको कारण तोकिएको मितिमा संविधान निर्माण नहुने दावी गरे ।
'जेठ १४ गते संविधान दिन सक्ने अवस्था विद्यमान छैन,'उनले भने-'अहिले पनि कतिपय मानिसहरु जेठ १४ गते संविधान ल्याउँछौं, ल्याउँछौं भनिरहेका छन् । अब जनतालाई ढाँटन जरुरी छैन । यो यथार्थ हो । प्रक्रिया र अन्र्तवस्तुको हिसाबले यो सम्भव छैन ।'
नयाँ ढंगले अघि बढे दलहरुबीच सहमति कायम हुने उनले बताए । उनले देशमा विद्यमान परिस्थितबाट शिक्षा लिंदै सबै राजनीतिक पार्टीहरु राजनीतिक सहमति तर्फ अघि बढ्ने विश्वास व्यक्त गरे । 'मुलुकले नयाँ सहमति माग गरिरहेको छ,'उनले भने-'निकट भविष्यमै राष्ट्रिय सहमति निर्माण गर्छौं ।'

Sunday, March 21, 2010

कोइरालाको अन्त्येष्टि

शनिबार दिवंगत भएका नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको राजकीय सम्मान सहित आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

उनलाई उनकी एक्ली छोरी सुजाता कोइरालाले दागबत्ती दिएकी थिइन् ।

दाहसंस्कारका बेला आर्यघाटमा ठूलो भीड लागेको थियो।

कांग्रेसका नेता, कार्यकर्ता बाहेक सर्वसाधारण पनि आर्यघाट पुगेका थिए।

लाखौं सहभागी

दिउंसो तीन बजेपछि शुरु गरिएको उनको शवयात्रामा लाखौं मानिस संलग्न थिए।

शवयात्रामा मानिसहरुको बाक्लो उपस्थितिकै कारण दशरथ रंगशालादेखि आर्यघाट पुग्न चारघन्टा लागेको थियो।

प्रधानमन्त्री माधबकुमार नेपाल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत विभिन्न दलका नेता कार्यकर्ता आर्यघाट पुगेका थिए।

त्यसैगरी श्रद्धान्जली दिनेमा भारतीय नेताहरु पनि थिए।

भारतीय सभामुख मीरा कुमार, अर्थमन्त्री प्रणव मुखर्जी, विदेश मन्त्री एस. एम. कृष्णा, भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिंह लगायतका नेता आर्यघाट पुगेका थिए।

त्यस अघि दशरथ रंगशालामा राखिएको उनको पार्थिव शरीरलाई दशौं हजारले अन्तिम श्रद्धान्जली दिएका थिए।

रोग

लामो समयदेखि फोक्सोको रोगले ग्रस्त सतासी वर्षीय कोइरालालाई केही समय यता रोगले च्याप्दै लगेको थियो र उनी अशक्त बन्दै गएका थिए।

गएको आइतबार उनलाई रगतको कमी भएर अस्पताल भर्ना गरिएको थियो।

अस्पतालबाट बुधबार छोरी सुजाताको निवास मण्डिखाटारमा लगिएका कोइरालाले शुक्रबारदेखि तारन्तार पखाला लागेपछि शनिबार दिउंसो करीब साढे बाह्र बजे देहत्याग गरेका थिए।

राजकीय सम्मान

उनको शवलाई प्रधानमन्त्रीले राष्ट्रिय झण्डा ओढाएर राजकीय सम्मान गरेका थिए।

राजकीय सम्मानक्रममा सेनाले १५ तोप पडकाएर सलामी चढाएको थियो।

शवयात्राका बेला उनको शवलाई सेनाले शोकधुन सहित ‘एस्कर्ट’ गरेको थियो।

Tuesday, March 16, 2010

भ्रमण वर्ष २०११ को प्रचार यसरी हुन्छ

कुर्दाकुर्दै जिन्दगी नै भइगएछ….


टायर पनि बाल्नै पर्‍यो नि बन्द सफल पार्न।


तामसालिङले हिजो गरेको तीन जिल्ला बन्दको क्रममा धादिङको गल्छीमा गाडी रोकिएपछि अलपत्र परेका विदेशी पर्यटक। भ्रमण वर्षको प्रचार त यसरी पो हुन्छ, कि कसो ? सबै फोटोः निखिल तिमिल्सिना







Sunday, March 14, 2010

चर्चमा अडिएको गन्तव्यविहीन यात्रा

विदाको दिन शनिबार। बिहान एउटा गन्तव्यविहीन यात्रामा निस्कन मन लाग्यो। केही पाए खिचिहाल्छु भन्ने सोचेर ब्यागभित्र क्यामेरा हुलेँ र लागेँ पश्चिमतिर लखरलखर हिँड्दै। हातमा गह्रुँगो ब्यागको भारी नबोके पनि कलंकी पुग्नेबित्तिकै ‘पोखरा हो?’, ‘चितवन हो?’, ‘कहाँसम्म दाइ’ भन्दै माइक्रो र बसका एजेन्टहरु हातै तान्न आइपुगे। कलंकीको बाटो हिँड्ने सबै थानकोट कट्ने उद्देश्यले हिँडेका हुन्छन् भन्ने ठान्दा रैछन् कि के हो यिनीहरु! उनीहरुलाई पन्छाउँदै एक किलोमिटर हिँड्दा पनि उल्लेखनीय केही नदेखिएपछि फनक्क फर्किएँ।
कलंकी चोकबाट दायाँतिर मोडिएँ- बल्खुतिर चक्रपथको बाटो हुँदै। एक जमानामा यो चक्रपथको बाटोमा मानिसहरु एक घण्टामा कति गाडी गुड्छ भन्दै गन्दै बस्थे रे। अहिले त एक मिनेटमा कति गाडी गुड्छ पनि गन्न गाह्रो भइसक्यो। त्यसैले बाहिरी चक्रपथ बनाउने कुरा भइरहेका छन्। यो चक्रपथमा विद्युतीय बस चलाउने कुरा पनि गफै भइसक्यो। अहिले फेरि फ्लाइ ओभर बनाउने अध्ययन भइरहेको छ रे।
पानी नै बग्न छाडेको बल्खुको खोलामाथि बनेको पुलतरेर केही बेर हिँडेपछि सामूहिक स्वरमा सुमधुर गीतको आवाज कानमा पर्‍यो। यसो हेरेँ- एउटा टहराजस्तो घरमा क्रसको चिह्न रहेछ। अर्थात् क्रिश्चियनहरुको चर्च रहेछ त्यो। आवाजले तान्यो मलाई। कसरी प्रार्थना गर्दारैछन् उनीहरु हेर्न मन लाग्यो। म त्यतैतिर तानिएँ।
त्यो रहेछ बल्खुको सलोम चर्च। बाहिर गेटमा तीन युवकहरु आगन्तुकलाई नमस्ते गर्दै स्वागत गर्दै थिए।
‘भित्र गएर हेर्न र फोटो खिच्न पाइन्छ?’ मैले एक जनासँग सोधेँ।‘पाइन्छ, पाइन्छ, किन नपाउनु’ क्याप लगाएका एक जनाले हँसिलो स्वरमा भने। उनको हातमा ‘मेटल डिटेक्टर’ थियो। केही अघि केही पापीहरुले चर्चमा गरेको आक्रमणको फलस्वरुप सतर्कता अपनाउन त्यसो गरिएको होला।‘पहिलो पटक आउनु भएको हो?’अर्कोले सोध्यो।‘विश्वासी त हो नि,’ क्यापवालाले सोध्यो। मतलब क्रिश्चियन धर्म मान्ने हो कि हैन भनेर सोधेको होला।मैले सीधै ‘होइन’ भनेँ।मेरो आशाविपरीत उनले मेरो हात अझ हार्दिकतापूर्वक समाते र भने जानुस् जानुस् पाइहालिन्छ नि।मेरो उद्देश्य त्यहाँको प्रार्थनामय वातावरणको महसूस गर्नु, ‘विश्वासी’हरुको उनीहरुको प्रभुप्रतिको विश्वासलाई अझ नजिकबाट हेर्नु र केही फोटोहरु खिच्नु थियो। मैले फेरि सोधेँ- ‘फोटो त खिच्न मिल्छ हैन?’‘मिल्छ, मिल्छ’, अब त त्यहाँ भएका तीनै जनाले जवाफ दिए।क्रिश्चियन हैन भनेर भन्दाभन्दै पनि मलाई त्यहाँ उनीहरुले जुन हार्दिकता देखाए, त्यसबाट म प्रभावित भएँ। म लागेँ हलतिर। के गाइरहेका थिए, मैले बुझिरहेको थिइनँ। तर त्यो सुमधुर थियो। शायद वातावरणले पनि होला कि।
केही महिनाअघि काठमाडौँ कै चर्चमा पापीहरुले गरेको बम आक्रमणको घटना सम्झिएँ। दशैँताका धरानको एउटा चर्च परिसरमा पाल भत्किएर कति धेरैको ज्यान गुमेको सम्झिएँ। ती सब घटनामा हाम्रा क्रिश्चियन दाजुभाइसँगै हामी सबै मानव पनि रोएका थियौँ। भदौ १९ काण्डमा भीडले मस्जिदहरुमा आक्रमण गरी उनीहरुको पवित्र कुरानलाई च्यातेर अपमान गरेको सम्झँदा अझै पनि मन दुख्छ सबै मानव धर्म मान्नेहरुको। कुनै पनि धर्म आफैमा खराब हुन्न। तर सबै धर्ममा खराब मान्छेहरु हुन्छन्। विश्वास जुन धर्ममा भए पनि माया, प्रेम, आपसी विश्वास, अहिंसा र सद्‍भाव मानव धर्म हुन्। म विपश्यना ध्यानको अभ्यास गर्छु तर बाटोमा हिँड्दा आइपडमा ॐ भुर्भुवस्वः देखिका विभिन्न वैदिक मन्त्रहरु सुन्न रुचाउँछु। मुस्लिमहरुले अल्लाह….भनेको रिदम एकदमै मनपर्छ। कमाएको निश्चित रकम दान गर्नुपर्ने उनीहरुको नियम र विपश्यनामा सिकाइने अहं भाव त्याग्न गृहस्थहरुले दान गर्न गरिने प्रोत्साहनको उद्देश्य लगभग एकै हो। अरुका लागि सामूहिक प्रार्थना गरिदिने क्रिश्चियनहरुको प्रवृत्ति ध्यानबाट प्राप्त आत्मिक सुख मानवलाई मात्र हैन पृथ्वीलोकका सबै प्राणीले पनि पाउन् भनी विपश्यनाको अन्त्यमा गरिने मंगल मैत्रीको उद्देश्य एकै हो।
जुत्ता फुकाल्नुपर्ने रहेछ हलभित्र पस्न। फुकालेर भित्र पसेँ। महिला र पुरुषको छुट्टाछुट्टै लहर रहेछ। टिनको छानो छाएको झण्डै २ सय जना अट्ने हल पूरै भरिएको थियो। सबै प्रार्थनामग्न थिए। अगाडि मञ्च जस्तो थियो, त्यहाँ ६ पुरुष र २ महिला माइकमा केही गाउँदै थिए।बाहिर गेटबाट हार्दिकतापूर्वक अनुमति पाइसकेको हुनाले म अघिल्लो लहरतिर पुगेँ र क्यामेरा निकालेर फोटोयोग्य दृश्य खोज्न थालेँ। प्रार्थनामग्नहरुको ध्यान बिग्रिएला भनेर फ्लास राख्‍न चाहिनँ, त्यसैले क्यामेराको सेटिङमा आइएसओ बढाएँ। एउटा क्लिक मञ्चमा अर्को क्लिक हलमा भएका मान्छेहरुतिर। अर्को क्लिक गर्न भ्याएको थिइनँ, मञ्चको बायाँतिर बसेका एक जना हर्ताकर्ता जस्ता देखिने मान्छे हुर्रिँदै आएर सोध्यो- ओए के खिचेको? किन खिचेको? कहाँबाट हो?बाफ् रे, एउटा प्रश्नको जवाफ दिन नपाउँदै कति धेरै प्रश्न।मैले आफू कार्यरत संस्थाको नाम बताएँ। उनले बुझेनन्।अनुमति लिएको हो?हो।कहाँ?गेटमात्यति सवालजवाफमा नै उनी मदेखि असन्तुष्ट भएको प्रष्ट भइसकेको थियो। उनको मनमा म प्रति क्रोध जागिसकेको थियो। मैले ‘खिच्न मिल्दैन हो? सरी, त्यसो भए जान्छु नि त’ भनेँ र तत्काल अर्को ढोकाबाट बाहिरिएँ। उनी फर्किए आफ्नै स्थानमा। त्यो हलमा दुई वटा प्रवेशद्वार रहेछन्। म अघिल्लो प्रवेश द्वारमा फर्किएँ र अघि फुकालेको जुत्ता लगाएँ र त्यहाँबाट बाहिरिएँ। मलाई थाहा पनि थिएन के हो, कस्तो हो- पहिलो पटक चर्च छिरेको थिएँ।
गेटमा अघि मलाई हार्दिकताका साथ स्वागत गर्ने दाइहरुलाई ‘बेकारमा गाली खाइयो नि’ भनेर भनेँ। उनीहरुले ‘कसले गाली गर्‍यो र आउनुस् म सँगै लैजान्छु तपाईँलाई’ भन्न थाले। अब फेरि त्यहाँ जानु भनेको त्यो अघिको मान्छेको असन्तुष्टि झन् बढाउनु मात्र हुन्थ्यो। सानै भए पनि हल्लाले त्यहाँको प्रार्थनामग्न वातावरणमा केही सानै मात्र बाधा पारे पनि त्यो म जस्तो उनीहरुको नजरमा ‘अविश्वासी’को कारणले होस् भन्ने म चाहन्न थिएँ। बरु म बित्थैमा त्यो व्यक्तिको असन्तुष्टिको कारण बनेकोमा पछुतो लागिरहेको थियो। म त्यहाँ नभएको भए कम्तिमा उनी एक जना त असन्तुष्ट हुने थिएनन् नि। मैले आफू कार्यरत संस्थाको भिजिटिङ कार्ड ती दाइलाई दिएँ र ‘होस् अब म लाग्छु है’ भनेर हिँडेँ। उनीहरु ‘सुन्नुस् न हाम्रो कुरा’ भन्दै जोड दिँदै थिए। मैले फर्केर हेरिनँ। फर्कँदा मैले ती प्रार्थनाका आवाजहरु प्रष्टसँग सुनिनँ।
By Salokya, on March 13th, 2010

Thursday, March 11, 2010

झगडा मिलाउन आउने नै झगडाको कारण

एउटा घरमा परिवारका सदस्यहरुबीच मतभेद भयो। एक भाइले हतियारै उठाएर अर्को भाइका परिवारका सदस्यलाई पिट्न थाल्यो। अर्को भाइले पनि छानी छानी अर्को भाइको परिवारलाई आक्रमण गर्‍यो। दुवै पक्षका कति सदस्यको ज्यान गयो, कति अपांग भए। घर पूरै अशान्त बन्यो। यसरी झगडा गरेर हुन्न भन्ने परेपछि दुई भाइले झगडा मिलाउने समाधान खोजे। झगडा मिलाउन गाउँको मुखियाको प्रतिनिधि हाम्रो घरमा आएर बसेर अनुगमन गर्नुपर्छ भनेर एउटा भाइले शर्त राख्‍यो। साँध जोडिएको छिमेकी मुखिया नै किन आउनु पर्‍यो र हामी बसेर मिलाए पनि हुन्छ भन्न थाल्यो। त्यो घरमा हुने रडाकोले आफ्नो घरमा समेत प्रभाव पर्छ भनेर साँध जोडिएको छिमेकी मुखियाको प्रतिनिधिलाई त्यहाँ बस्न दिन राजी भयो।
झगडा मिलाउन आएका मुखियाका प्रतिनिधि बिस्तारै झगडाको कारण हुन थाल्यो। उसले एक जनाको मात्रै पक्ष लिएको भन्दै अर्को भाइ रिसाउन थाल्यो। अर्को भाइले भने छिमेकीले हालिमुहाली गर्न नपाएकोले भाइलाई उचालेर मुखियाको प्रतिनिधिको विरोध गर्न लगाएको आरोप लगायो। झगडा मिलाउन आएको प्रतिनिधिलाई केही निश्चित सीमित अधिकार दिइएको थियो। उसलाई ल्याउँदा दुवै भाइले केही सम्झौता पनि गरेका रहेछन्। घर चलाइरहेका भाइले अर्को भाइको हतियार भएका परिवारको संख्या कति छ भन न भनेर मुखियाको प्रतिनिधिलाई सोध्दा उनले पहिले सम्झौता गरेकोमा त्यस्तो विवरण गोप्य राख्‍ने सहमति भएकोले दिन मिल्दैन भनेछन्। त्यसपछि घर चलाइरहेका भाइ रिसाएर छुट्टी। अनि त्यो भाइको परिवारले मुखियालाई र उसको प्रतिनिधिलाई गाली गर्न थाल्यो। मुखियाले अर्का एक प्रतिनिधि त्यो घरमा पठाए। त्यो प्रतिनिधिले आज प्रष्टैसँग खरो भाषामा भने, मुला तिमीहरु, आफू भनेका कुरा गर्दैनौँ, आफ्नो जिम्मेवारी पूरा गर्दैनौ, अनि हामी मुखियालाई दोष दिन्छौ? वाहियात, यस्तो काम तुरुन्त बन्द गर।
यति लामो कथा र त्यसले गर्न खोजेको संकेत स्पष्ट छ। घर नेपाल हो। एक भाइ दलहरु हुन्। अर्को हतियार उठाउने भाइ माओवादी हो। छिमेकी भारत हो अनि मुखिया संयुक्त राष्ट्रसंघ। मुखियाको प्रतिनिधि अनमिन हो। नेपाल भ्रमणमा रहेका राष्ट्रसंघीय उपमहासचिव बी लिन पास्कोले आज काठमाडौँको एउटा कार्यक्रममा गरेको भाषण सुन्दा छक्क परेँ। सामान्यतया राष्ट्रसंघ र अनमिनका प्रतिनिधिहरुले बोल्दा निकै नापतौल गरेर सन्तुलित कुरा बोल्छन्, कसैलाई आक्षेप लगाउँदैनन्। तर आज त्यो छविभन्दा बिल्कुल भिन्न रुपमा प्रस्तुत भए पास्को। जसरी सरकारका प्रवक्ताले अनमिन प्रमुखले शान्ति सम्झौता नै नपढेको, उपप्रधानमन्त्री गच्छदारले अब अनमिनको म्याद थपिन्न, बिजुक्छेले अनमिन झगडा गराउन आएको हो, सुशील कोइरालाले माओवादीको भ्रातृ संगठन हो अनमिन भनेर आक्रामक रुपमा भाषण गर्छन्, त्यसरी नै पास्कोले आक्रामक भाषामा यहाँका दलहरुको आलोचना गरे।
उनले भने-
we are dismayed that some commentators try to hold the mission responsible for situations and shortcomings that by the very insistence of the parties themselves, the mission has little or no capacity to control. This is absurd and should come to an end.
UNMIN is here to help. It should not take the blame for those who fail to shoulder their responsibilities to make the peace process work. अर्थात् दलहरु आफ्नो अक्षमताका कारण सिर्जित स्थितिको जिम्मेवारी हामीलाई दिन खोजेका छन्। हामीसँग त्यो स्थिति नियन्त्रणका लागि सीमित वा कुनै अधिकार छैन। तै पनि हामीलाई दोष लगाउने काम भइरहेको छ। यो वाहियात हो। यो तुरुन्त अन्त्य हुनुपर्छ। शान्ति प्रक्रिया सुचारु गर्न आफ्नो जिम्मेवारी वहन गर्न नसक्नेहरुको दोष अनमिनले लिन सक्दैन।
उनले अनमिनलाई अहिले विश्वमा भएका कुनै पनि अरु राष्ट्रसंघीय मिसनको तुलनामा एकदमै कम र सीमित अधिकार दिइएको बताए। हामीलाई अनुभव धेरै थियो र इच्छुक हुँदाहुँदै पनि हामीलाई नेपालले जस्तो जिम्मेवारी दियो त्यसकै परिधिमा बसेर काम गरेका हौँ भनी उनले भने।

In contrast to almost every other current missions, UNMIN has a notably limited mandate, concentrated essentially in two areas (of which one has been completed): assisting in the holding of the Constituent Assembly election, and arms monitoring.
As per our mandate we have a small mission concentrating on arms monitors. There is a senior representative of the Secretary-General on the ground, but with only a tacit “good offices” role of fostering consensus and reconciliation, in contrast to the explicit political mandates common in UN missions elsewhere in the world.
Even within its arms monitoring function, UNMIN, contrary to popular misconception, has been given no mandate or capacity to police the cantonments. Its access to information about the status of the two armies or their numbers depends entirely on their voluntary cooperation. And, as both parties well know, the information UNMIN holds as a result of the registration process in the cantonments is subject to confidentiality agreements that were accepted by both sides in the peace process. Honoring that commitment is essential to our impartiality. Honoring one’s commitments is the essence of being an honest, reliable actor in the peace process.
This light UN footprint was designed at Nepal’s request and insistence, and the United Nations has scrupulously respected these limitations – even when we have felt we have more to offer to Nepal, based on UN experience in dozens of conflicts around the world.
उनी भन्छन् अनमिनलाई संविधान सभाको चुनाव गर्न हतियार अनुगमन गर्न सहयोग गर्न मात्र म्यान्डेट दिइएको हो। हतियार अनुगमनमा पनि अनमिन प्रमुखलाई सहमति र मेलमिलाप बढाउने गुड अफिसेजको भूमिका मात्र दिइएको र अरु राष्ट्रसंघीय मिसनमा जस्तो राजनीतिक म्यान्डेट दिइएको छैन। हतियार अनुगमनमा पनि मान्छेहरुले सोच्ने गरेकोभन्दा विपरीत अनमिनलाई शिविरमा निगरानी गर्न कुनै म्यान्डेट दिइएको छैन त्यस्तो क्षमता छैन। शिविरमा लडाकु दर्ता गर्दा नै गोप्यताको विषयलाई शान्ति प्रक्रियाका दुवै पक्षले सहमति गरेका हुन्। त्यो प्रतिवद्धतालाई सम्मान गर्नु हाम्रो कर्तव्य हो।
शिविरको लडाकुको गोप्य तथ्यांक नदिएको भन्दै प्रधानमन्त्री र सरकारको नेतृत्व गरेका दलहरुले अनमिनप्रति असन्तुष्टि जनाउँदै आएका छन्।
वास्तवमा हेर्ने हो भने अनमिनलाई खासै कुनै जिम्मेवारी दिइएकै छैन। अनमिनलाई तत्कालीन सात दल र माओवादीले आ-आफ्नै स्वार्थका लागि भित्र्याएको हो। माओवादीले शान्ति प्रक्रियाका लागि भरपर्दो अन्तर्राष्ट्रिय मध्यस्थकर्ताका रुपमा राष्ट्रसंघलाई निम्त्याने जिद्दी गर्दा नेपालको आन्तरिम मामिलामा भारतको बढ्यो प्रभावलाई चेक एन्ड ब्यालेन्स गर्ने स्वार्थ थियो। राष्ट्रसंघको मान्यता पाएपछि माओवादीलाई कुटनीतिक फाइदा पनि हुन्थ्यो। सुरुमा राष्ट्रसंघको उपस्थितिलाई भारतले मानेको थिएन। तर पछि भारतले नो अब्जेक्सन दिएपछि राष्ट्रसंघ नेपाल पसेको हो।
तर राष्ट्रसंघका मिसनहरु दूधमा नुहाएको छैन। कतिपय मिसनहरुमा विद्रोही पक्षलाई च्यापेर द्वन्द्व समाधान गर्नुको साटो बढाएको आरोप लागेका छन्। किनभने त्यसो गर्दा अर्थात् द्वन्द्व बढ्दा उनीहरुको जागिर जोगिन्छ। द्वन्द्व सकिएपछि त उनीहरुकै जागिरै सकिन्छ। यद्यपि, कतिपय मिसनले भने द्वन्द्व समाधानमा अन्तर्राष्ट्रिय अनुभवको आधारमा सफलता पाएका पनि छन्। नेपालको स्थिति ठ्याक्कै अहिले कसो हो भन्न सकिन्न। तर नेपालमा अरु मिसनहरुमा जस्तो अनमिनलाई खासै कुनै अधिकार दिइएको छैन। अधिकारै नभएको जिम्मेवारी लिन (अधिकार छैन भनेर त पास्कोले आजै भनेका छन् नि) कति देशका हतियार अनुगमनकर्ताहरु नेपाल पसेका छन्। उनीहरुको काम बसेर डलरमा राष्ट्रसंघको तलब खानु बाहेक अरु केही हुन्न। के उनीहरु अहिले कहाँ छन् र के गरिरहेका छन् भन्ने कुरा अनमिन बताउन सक्छ? अहँ, कसैलाई पनि थाहा छैन के गर्छन् उनीहरु। एउटा कुरा जरुर हो, अनमिन आएपछि अनमिनको कार्यालय वरपर नयाँ बानेश्वर क्षेत्रमा विदेशी स्वादका रेस्टुरेन्टहरुको व्यापार बढेको छ। ठमेलको बारमा गएर यसका प्रतिनिधिहरुले नाङ्गो नाच हेरेको विवादमा समेत तानियो अनमिन।
अहिले सत्तारुढ दलहरुले आरोप लगाए जस्तै माओवादीले पनि आरोप लगाउन पछि परेको थिएन अनमिनलाई। लडाकु प्रमाणिकरणको बेला अनमिनले सीआईएको जासुसी गरेको आरोप लगाएको थियो माओवादीले। पछि यो विवाद सल्टियो। अहिले फेरि विवाद आएको छ। आउँदो जेठ १ गते अनमिनको म्याद सकिँदैछ। के अब अनमिन फर्किन्छ त ? अनमिन आफै फर्किने हैन, नेपाल सरकारले म्याद थप्न सिफारिस नगरेमा अनमिन स्वतः यहाँबाट फर्कन बाध्य हुनेछ। जेठ १ सम्म सेना समायोजन भइसक्ने छैन र नयाँ संविधान बन्नेवाला छैन। कम भूमिका मै भए पनि एउटा अन्तर्राष्ट्रिय मध्यस्थकर्ताको खाँचो शान्ति प्रक्रियाको एक पक्षले माग्दासम्म जरुरी हुन्छ। हुनत घरभित्रको कुरो घरभित्र कै मान्छेहरुले सल्टाए उत्तम हुने हो। तर माओवादीले अनमिनको उपस्थिति जरुरी छ भनिरहँदासम्म त्यो संभव हुन्न। सरकार र सत्तारुढ नेताहरुले पनि बाहिर जतिसुकै चर्का कुरा गरे पनि भित्र सुरक्षापरिषद्का स्थायी सदस्य राष्ट्रका राजदूतसँग कुरा गर्दा अनमिन आवश्यक रहेको बताउने गरेका रहेछन्।
माओवादीले भारतको इशारामा नेताहरुले अनमिनको विरोध गरेको आरोप लगाउने गर्छ। माओवादी विदेश विभागका कृष्णबहादुर महरा भन्छन्- अनमिन जाला र आफ्नो हालिमुहाली गर्न पाउँला भनी भारत कुरिबसेको छ। तर अनमिन हुँदैमा भारतले हस्तक्षेप कम गरेको देखिँदैन। दिल्लीको आशिर्वाद लिन र आन्तरिक मामिलामा हस्तक्षेप गर्न दिल्लीले कुनै पनि हिसाबले कम गरेको देखिँदैन। अनमिन नहुँदा भारतको हस्तक्षेपको स्तर अहिलेको तुलनामा केही बढ्ला, त्यो बेग्लै कुरा हो। जबसम्म घरको कुरा छिमेकीहरुलाई समेत बेवास्ता गरी आफै बसेर सल्टाइँदैन, यस्ता समस्या आइ नै रहन्छन्। सही समाधान घरभित्रैबाट खोज्नुपर्छ। यसो गर्दा घरपरिवारका सदस्य घरप्रति इमान्दार हुनुपर्छ। त्यो भएन भने घर बिग्रन्छ।

१२ वर्षकी बालिकाले सेनालाई गोली हानेछन्

१२ वर्षकी बालिका चन्द्रकला विकले गस्तीमा रहेका नेपाली सेनाको सशस्त्र टोलीलाई गोली हानेर आक्रमण गरेछन्। सेनाको टोलीले चेतावनी दिएको थियो रे। तर चेतावनीलाई पनि बेवास्ता गर्दै ती बालिकासहित ३३ बर्षिया अमृता विक र ३५ बर्षिया देवीसरा विकले सशस्त्र टोलीमाथि गोली हानेछन्।
एक बालिकासहित तीन महिला हिजो बर्दिया राष्ट्रिय निकुन्ज भित्र पर्ने बबई उपत्यकाको बाँसपानी इलाकामा सेनाको गोलीबाट मारिएका थिए। किन मारियो भन्ने कारणका रुपमा आज सेनाले निकालेको वक्तव्यमा यस्तो दावी गरिएको छ। सुन्दा अचम्म लाग्छ, १२ वर्षकी बालिकासहितका महिला, जसलाई सेनाको वक्तव्यमा शिकारीहरु भनिएको छ, ले सशस्त्र सेनालाई गोली हान्न सक्यो होला र? अझ सेनाको चेतावनीलाई बेवास्ता गरी सेनालाई गोली हान्यो होला र?
त्यसमाथि बर्दिया राष्ट्रिय निकुञ्ज र स्थानीय सैनिक अधिकारीहरुले कुनै जानकारी नदिई निकुञ्जका सबै अधिकारीको फोन र मोबाइल स्विच अफ गरिएकोले श‍ंका बढाउँछ।
सुन्दा अपत्यारिलो लाग्छ। तर सेनाले भनेपछि त पत्याउनै पर्ने त होला नि। हेरौँ सेनाको वक्तव्य जस्ताको तस्तै-
सैनिक जनसम्पर्क निर्देशनालयको बिज्ञप्ती
बिज्ञप्ति नं.– ७६मिति – २०६६ फाल्गुन २७ गतेसमय – बेलुकी ९ बजे
नेपाली सेनाको गस्तीसँगको मुडभेडमा तीन शिकारीहरुको मृत्यु
१. हिजो मिति २०६६ फाल्गुन २६ गते राती करिब ८ः३० बजे बर्दिया राष्ट्रिय निकुन्ज भित्र पर्ने बबई उपत्यकाको बाँसपानी ईलाकामा नेपाली सेना र वार्डेन कार्यालयको गेम स्काउट सहितको संयुक्त गस्ती टोली र शिकारी बिच भएको मुडभेडमा तीन शिकारीहरुको मृत्यु भएको छ भने एक जना पक्राउ परेको छ।
२. बाँसपानी ईलाकामा शिकारीहरुले क्याम्प खडा गरी बसेको भन्ने सुराकीको खबरको आधारमा खट्टिएको गस्ती टोली उक्त बाँसपानी ईलाकामा पुगेपछि शिकारीहरुसँग जम्काभेट भएको र शिकारीहरुलाई गस्ती टोलीले चेतावनी दिँदा समेत उनीहरुले गस्ती टोली माथी फायर गरेपछि आत्मसुरक्षाको लागि प्रतिकारात्मक कारवाही गर्दा तीन जनाको मृत्यु भएको थियो। उक्त घटनामा संलग्न अन्य चार जना भाग्न सफल भएका थिए भने एक जनालाई गस्ती टोलीले आफ्नो नियन्त्रणमा लिएको थियो।
३. गस्ती टोलीले घटनास्थलबाट भरुवा बन्दुक तीन नाल, गोली चार राउण्ड, बारुद दुई बट्टा, खुकुरी एक वटा, बञ्चरो दुई वटा, पासो एक वटा, नाम्लो छ वटा, छाला काड्न प्रयोग गरिने बासुलो एक वटा समेत बरामद गरेको छ। निज शिकारीहरु बिगत चार दिनदेखी उक्त ईलाकामा क्याम्प खडा गरी बसेको भन्ने जानकारी पक्राउ परेका व्यक्तिको प्रारम्भिक छानबिनबाट जानकारी प्राप्त भएको छ।
४. मृत्यु हुने सबै सुर्खेत जिल्ला हरिहरपुर गा.बि.स., वडा नं. २ का देवीसरा बि.क., अमृता बि.क. र चन्द्रकला बि.क. रहेका छन्। यसै गरी ऐ. निवासी कृष्ण बि.क.लाई पक्राउ गरिएको छ भने ऐ. निवासी रत्न बहादुर बि.क., गिरी उपनाम गरेका व्यक्ति र निजको एक छोरा र एक छोरी रहेका छन्।
५. उक्त घटना सम्वन्धी सरजमिन तथा मुचुल्काको लागि प्रहरीले प्रकृया शुरु गरिसकेको र सो घटना सम्वन्धीमा थप खबरहरु प्राप्त हुनासाथ जानकारी गराइने छ।
google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad);

Wednesday, March 10, 2010

जमिम हत्यामा नेपाली मात्र हैन भारतीय सुरक्षाकर्मी पनि संलग्न

जमिम शाह हत्याबारे छानबिन गरिरहेको प्रहरी टोलीले पत्ता लगाएको रहस्य आश्चर्यचकित पार्ने खालको छ। तपाईँले अहिलेसम्म जमिम शाह हत्यामा नेपाली सुरक्षाकर्मी मात्रै संलग्न भएको खबर सुन्नुभएको होला। तर आज आएका खबरमा त भारतीय सुरक्षाकर्मी पनि यसमा संलग्न भएको प्रष्ट भएको छ। प्रहरीले जमिमलाई गोली हान्ने व्यक्तिका रुपमा स्केच सार्वजनिक गरेको दायाँ छेउका व्यक्ति मोहम्मद वकार सैयद लखनउको स्पेसल टास्क फोर्स (एसटिसी) वा प्रतिआतंकवाद सेल (एटिएस) मा कार्यरत हवल्दार भएको जानकारी प्रहरीले पाएको छ। यसलाई यकिन गर्न भारतीय पक्षसँग जानकारी मागिएको रहेछ। सैयदले गत माघ १७ गते बुटवलको मैनावगरमा शौकत वेगको पनि हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ। हेर्नुस् थप जानकारी नागरिकन्युजमा। किन गरियो त जमिम शाहको हत्या? किन भारतले भारतीय मिडियामार्फत् दोषी ठहर गरेकाहरुको एक-एक गरी हत्या भइरहेको छ? भारतीय मिडियाले केही महिनाअघि पारस शाहको नामसमेत नक्कली भारतीय नोटको कारोबारमा संलग्न भएको पुष्टि बिनाको आरोप लगाएको थियो। के अब पारस पनि भारतको तारो बन्छ त?
घटनाक्रम र भारतीय मिडियाका समाचार विश्लेषण गर्ने हो भने नियोजित रुपमा हत्या भएको स्पष्टै हुन्छ। माघ १७ गते अर्थात् जनवरी १ मा बुटवलमा शौकत वेगको हत्या भएको केही घण्टामा नै भारतीय मिडियामा ‘नक्कली नोटका व्यापारी मारिए’ जस्ता खबरहरु आएका थिए। जबकि नेपाली मिडियामा हत्या कसको भएको भन्ने प्रष्ट खबर नै आइसकेको थिएन। ‘ठीक गर्‍यो, भारतका अपराधीलाई उसकै घरमा घुसेर मार्नुपर्छ..’ जस्ता प्रतिक्रियाहरु अनलाइन पोर्टलहरुमा आएका थिए।
त्यो हत्याको केही हप्ताअघि सबैजसो भारतीय मिडियामा गुप्तचर प्रतिवेदनलाई उद्धृत गर्दै अपुष्ट खबरहरु दिइएका थिए- जसमा नेपालबाट नक्कली भारतीय नोटको कारोबार गर्नेहरुको नाम उल्लेख गरिएको थियो। शौकतलगायत युनुस अन्सारी र पारस शाहको नामसमेत त्यसमा जोडिएको थियो। भारतीय मिडियाहरु नेपालका मिडिया जस्ता हैनन्। राष्ट्रिय मामिलामा उनीहरु ‘र’बाट निर्देशित हुन्छन्। त्यसैले त निजी मिडिया भए पनि सबैजसोमा एउटै खाले समाचार आउँछन्।

अब एमालेका चुनाव जित्‍ने कोही मन्त्री भएनन्

गज्जबको यो मन्त्रिमण्डलमा अब एमालेको नयाँ कीर्तिमान बन्ने भएको छ। आफ्नै मातहतका मन्त्रीलाई आलोचना गरेको भन्दै गृह राज्यमन्त्री रिजवन अन्सारीलाई राजीनामा दिन प्रधानमन्त्री माधवकुमार नेपालले दबाब दिएपछि उनले आज राजीनामा दिँदैछन्। उनले राजीनामा दिएपछि अहिलेको मन्त्रिमण्डलमा नेकपा एमालेका १० मन्त्रीहरु मध्ये कि हारेका कि चाहिँ समानुपातिकबाट संविधान सभा छिरेकाहरु हुनेछन्। एमालेका मन्त्रीहरु मध्ये अन्सारी मात्रै थिए प्रत्यक्ष निर्वाचित मन्त्री। तर सर्लाही क्षेत्र नम्बर २ बाट जितेका अन्सारी नाम मात्र राज्यमन्त्री बनेर बस्नुपर्‍यो, त्यसैले राजीनामा दिनुअघि नै उनले राजीनामा दिन्छु भन्दै भाषण गर्दै हिँड्नु परेको थियो।
राज्यमन्त्री अन्सारीको राजीनामा प्रधानमन्त्री माधवकुमार नेपालले माग्नु अनुशासनको हिसाबले सही र उपयुक्त कदम हो। कुनै पनि देशमा आफ्नै मातहतका मन्त्रीको यसरी पदमा रहेर आलोचना गर्न पाइँदैन। देशमा अनुशासनहीनता बढिरहेको बेला पद मै रहेका बेला यसरी अनुशासनहीन काम गर्न पाइँदैन। असन्तुष्टि भए राजीनामा दिएर आफ्ना कुराहरु राख्‍न उनी स्वतन्त्र थिए।
तर माधव नेपालले यसैगरी सीडीओको गाला चड्काउने मन्त्री, उपप्रधानमन्त्री दिएन भनेर भारत भ्रमण त्याग्ने तत्कालीन परराष्ट्रमन्त्री, थोत्रो गाडी पर्‍यो भनेर गाडीको शिशा फुटाउने मन्त्रीसित पनि राजीनामा माग्न सक्नुपर्थ्यो।
सुरक्षा स्थिति नाजुक भइरहेको स्थितिमा स्वयं गृहमन्त्रीसँग पनि राजीनामा माग्न सक्नुपर्थ्यो। तर उनले त्यसो गर्न सकेनन्। फलतः अहिलेको मन्त्रिमण्डलमा एमालेको प्रतिनिधि सबै जनताले प्रत्यक्ष नचुनेकाहरु भएको देख्‍नुपर्‍यो।
को को छन् त हारेर पनि मन्त्री बन्नेहरु
माधवकुमार नेपाल – प्रधानमन्त्रीकाठमाडौँ र रौतहट दुई ठाउँबाट पराजित
विद्या भण्डारी- रक्षामन्त्री (एमाले)काठमाडौँबाट पराजित
रकम चेम्जोङ- शान्ति मन्त्रीधनकुटाबाट पराजित
डिल्लीबहादुर महत- शान्ति राज्यमन्त्रीजुम्लाबाट पराजित

Wednesday, March 3, 2010

माओवादी लडाकुलाई जंगलै फर्काइने


सेना समायोजनको कुरा अहिले निकै चर्चामा छ। माओवादी सेनालाई कसरी राष्ट्रिय सेनामा समायोजन गर्ने भन्ने बहस भइरहेको बेला सरकारले भने उनीहरुलाई जंगलै फर्काउने तयारी गरेको छ।
जंगल फर्काउने भनेको फेरि युद्ध गर्नलाई हैन नि- जंगलको सुरक्षाका लागि पो त। माओवादी सेनाका लागि सरकारले नयाँ राष्ट्रिय सुरक्षा फौज बनाउन लागेको छ जसको नाम हुनेछ राष्ट्रिय वन संरक्षण सेना। अस्ति बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नै यो प्रस्तावमा सैद्धान्तिक सहमति दिइसकेको रहेछ। यो नयाँ फौज वन तथा भूसंरक्षण मन्त्रालयको मातहत रहने छ। तर त्यसको संयोजन भने नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वनजन्तु संरक्षणसम्बन्धी विभागले गर्ने प्रस्ताव भएको रहेछ।
अहिले विभिन्न शिविरहरुमा माओवादीका १९ हजार चानचुन सेना छन्। ती मध्ये कतिलाई समायोजन गर्ने भन्ने सहमति भइसकेको छैन। ३ हजार मात्र गर्ने भनी उतिबेला गिरिजा र प्रचण्डबीच सहमति भएको भन्ने कुरा आएको थियो। तर माओवादीले त्यति हैन बढी नै गर्ने भनिरहेका छन्। जति हतियार छ उति समायोजन गर्ने प्रस्ताव पनि कांग्रेस र एमालेले राखेका छन्।
प्रस्तावित ‘जंगल सेना’ मा भने माओवादीका ६ हजार लडाकु राख्‍ने तयारी भएको समाचारमा जनाइएको छ।
माओवादी अध्यक्ष प्रचण्डले शक्तिखोरको कुख्यात बनेको भिडियोमा सेनामा आफूहरु सानो संख्यामा मात्रै प्रवेश गर्न पाए आफूहरु विचार भएको सेना हुनाले पूरै सेनालाई माओवादीमय बनाउन सकिन्छ भन्ने विचार राखेका थिए। त्यसैले पो हो कि यी लडाकुलाई जंगलतिरै पठाउँदा बेस हुने ठानेको! त्यसो त औद्योगिक सुरक्षा बल स्थापना गर्ने कुरा पनि पहिले बारम्बार उठेको थियो।
माओवादीले अहिले संविधान बन्ला जस्तो छैन त्यही भएर संविधान बनेपछि मात्र समायोजन गर्छौँ भन्न थालेका छन्। त्यसैले यो प्रस्ताव कार्यरुपमा नै जाने हो कि त्यतिकै थन्किने हो, हेर्न बाँकी छ। त्यसैले अहिलेलाई त माओवादी लडाकुलाई नभनी वन मन्त्रालयले ६ हजार सुरक्षाकर्मी परिचालन गर्ने मात्रै भनिएको रहेछ। कुरो मिल्यो भने लडाकुहरुलाई अन्य सामान्य सरकारी कर्मचारी सरह भर्ना गर्ने तयारी भएको रहेछ।