काठमाडौ, वैशाख २ - एमाले अध्यक्ष झलनाथ खनालले जेठ १४ गते संविधान जारी नहुने बताएका छन् । अन्य दलका शीर्षस्थ नेताले तोकिएकै मितिमा संविधान जारी हुने बताइरहेको बेला उनको त्यस्तो अभिव्यक्ति आएको हो ।
उनले जेष्ठ १४ मा संविधान घोषणा हुने उपयुक्त वातावरण नभएको बताए । नयाँ संविधान जारी हुन ४३ दिन मात्र बाँकी रहेको छ । पारिजात स्मृति केन्द्रले उनकै निवासमा बिहीबार बिहान गरेको कविता वाचन कार्यक्रममा खनालले संविधान निर्माण प्रक्रिया र त्यसको अन्र्तवस्तुको कारण तोकिएको मितिमा संविधान निर्माण नहुने दावी गरे ।
'जेठ १४ गते संविधान दिन सक्ने अवस्था विद्यमान छैन,'उनले भने-'अहिले पनि कतिपय मानिसहरु जेठ १४ गते संविधान ल्याउँछौं, ल्याउँछौं भनिरहेका छन् । अब जनतालाई ढाँटन जरुरी छैन । यो यथार्थ हो । प्रक्रिया र अन्र्तवस्तुको हिसाबले यो सम्भव छैन ।'
नयाँ ढंगले अघि बढे दलहरुबीच सहमति कायम हुने उनले बताए । उनले देशमा विद्यमान परिस्थितबाट शिक्षा लिंदै सबै राजनीतिक पार्टीहरु राजनीतिक सहमति तर्फ अघि बढ्ने विश्वास व्यक्त गरे । 'मुलुकले नयाँ सहमति माग गरिरहेको छ,'उनले भने-'निकट भविष्यमै राष्ट्रिय सहमति निर्माण गर्छौं ।'
उनलाई डा. केपी ओली नै भन्ने रे !
15 years ago
No comments:
Post a Comment