जमिम शाह हत्याबारे छानबिन गरिरहेको प्रहरी टोलीले पत्ता लगाएको रहस्य आश्चर्यचकित पार्ने खालको छ। तपाईँले अहिलेसम्म जमिम शाह हत्यामा नेपाली सुरक्षाकर्मी मात्रै संलग्न भएको खबर सुन्नुभएको होला। तर आज आएका खबरमा त भारतीय सुरक्षाकर्मी पनि यसमा संलग्न भएको प्रष्ट भएको छ। प्रहरीले जमिमलाई गोली हान्ने व्यक्तिका रुपमा स्केच सार्वजनिक गरेको दायाँ छेउका व्यक्ति मोहम्मद वकार सैयद लखनउको स्पेसल टास्क फोर्स (एसटिसी) वा प्रतिआतंकवाद सेल (एटिएस) मा कार्यरत हवल्दार भएको जानकारी प्रहरीले पाएको छ। यसलाई यकिन गर्न भारतीय पक्षसँग जानकारी मागिएको रहेछ। सैयदले गत माघ १७ गते बुटवलको मैनावगरमा शौकत वेगको पनि हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ। हेर्नुस् थप जानकारी नागरिकन्युजमा। किन गरियो त जमिम शाहको हत्या? किन भारतले भारतीय मिडियामार्फत् दोषी ठहर गरेकाहरुको एक-एक गरी हत्या भइरहेको छ? भारतीय मिडियाले केही महिनाअघि पारस शाहको नामसमेत नक्कली भारतीय नोटको कारोबारमा संलग्न भएको पुष्टि बिनाको आरोप लगाएको थियो। के अब पारस पनि भारतको तारो बन्छ त?
घटनाक्रम र भारतीय मिडियाका समाचार विश्लेषण गर्ने हो भने नियोजित रुपमा हत्या भएको स्पष्टै हुन्छ। माघ १७ गते अर्थात् जनवरी १ मा बुटवलमा शौकत वेगको हत्या भएको केही घण्टामा नै भारतीय मिडियामा ‘नक्कली नोटका व्यापारी मारिए’ जस्ता खबरहरु आएका थिए। जबकि नेपाली मिडियामा हत्या कसको भएको भन्ने प्रष्ट खबर नै आइसकेको थिएन। ‘ठीक गर्यो, भारतका अपराधीलाई उसकै घरमा घुसेर मार्नुपर्छ..’ जस्ता प्रतिक्रियाहरु अनलाइन पोर्टलहरुमा आएका थिए।
त्यो हत्याको केही हप्ताअघि सबैजसो भारतीय मिडियामा गुप्तचर प्रतिवेदनलाई उद्धृत गर्दै अपुष्ट खबरहरु दिइएका थिए- जसमा नेपालबाट नक्कली भारतीय नोटको कारोबार गर्नेहरुको नाम उल्लेख गरिएको थियो। शौकतलगायत युनुस अन्सारी र पारस शाहको नामसमेत त्यसमा जोडिएको थियो। भारतीय मिडियाहरु नेपालका मिडिया जस्ता हैनन्। राष्ट्रिय मामिलामा उनीहरु ‘र’बाट निर्देशित हुन्छन्। त्यसैले त निजी मिडिया भए पनि सबैजसोमा एउटै खाले समाचार आउँछन्।
उनलाई डा. केपी ओली नै भन्ने रे !
15 years ago
No comments:
Post a Comment