१३-साउन-२०६६,मंगलवार
मोडलिङमा त राम्रै जम्नुभएको छ नि?
– हो मोडलिङ मेरो सौख हो। यो क्षेत्रमा मैले आठ वर्ष बिताइसकेको छु।
आठ वर्ष मोडलिङ गर्दा पैसा त मनग्गे कमाउनुभयो होला नि?
– धेरथोर नामचाहिँ बन्यो होला तर मोडलहरुले दाम कमाउँछन् जस्तो मलाई लाग्दैन। वास्तवमा भन्नु पर्दा मैले मोडलिङ क्षेत्रलाई मैले कहिल्यै पेशा बनाइँन।
कमाई नै नहुँदा पनि मान्छेहरु खर्च गरेरै मोडलिङ बन्न रहर गर्छन् नि किन होला?
– यो परिवर्तनको आवाज हो। आकर्षक कसरी देखिने भन्ने सोचाइले नै लेडिजहरु मोडलिङ क्षेत्रमा आएका छन्। कति रहरमा आएका छन्। कतिले यसैलाई पेशा पनि बनाएका छन्।
कतिपय मोडलहरु त आवश्यकता भन्दा बढी नांगिन चाहन्छन् नि?
– यो उहाँहरुको नितान्त व्यक्तिगत कुरा हो। तर, मेरो सिद्धान्तचाहिँ नग्नभन्दा पनि आकर्षक देखिनु हो। मोडलिङम लागेर यसैलाई
पेसा बनाउनेहरु पनि थुप्रै छन् नि होइन र?
– छन्। यसका लागि धेरै मेहेनत गर्नु भएको छ मोडलहरुले।
तपाईं त एउटा राम्रो गीतकार पनि हुनुहुन्छ होइन?
– राम्रो नराम्रो भन्दा पनि मैले आफ्नो भावना व्यक्त गरेकी हुँ। मैले रचेका गितहरुको एकल एल्बम पनि बजारमा आउने क्रममा छ।
गीत लेख्नेे सोच चाहिँ कसरी आयो?
– सानैदेखि नै आधुनिक गीतहरु धेरै मन पर्थ्यो। लेख्ने कोशिस पनि गर्थे। हालसालै मेरो बुबाको मृत्यु भयो। बुबाको मृत्युको पीडाले झनै गीत लेख्न झक्झकायो।
तपाईंको व्यक्तित्वमा गितकार र मोडलमा कुन बढी हावी छ?
दुबै मेरालागि सौख मात्र हो। मेरो आफ्नै बिजनेश छ।
तपाईंलाई दुबईमा होटल खोल्ने प्रेरणा चाहिँ कसरी जाग्यो त?
– कामको सिलसिलामा दुबई गएको बेलामा साथीभाइको सरसल्लाह र संयुक्त लगानीमा होटेल खोलेका हौं।
कतिको फाइदा छ त होटेल व्यवसायबाट तपाईंलाई?
– राम्रो नै छ, घाटा व्यहोर्नु परेको छैन।
नेपालमा पनि होटल खोल्ने सोच राख्नु भएको छ कि?
– छैन। नेपालमा सधैंजसो हरने बन्द, हड्ताल, महँगी आन्दोलनले गर्दा व्यापारमा लगानी सुरक्षित छैन।
मोडलिङ र बिजनेश गर्दा गर्दै उमेर बित्न लागेन?
– म २६ भन्दा माथि कहिल्यै हुँदिन, हा....हा...हा...
विवाह गर्ने उमेर भएको छैन?
– अहिलेसम्म जीवनसाथीकै खोजीमा छु।
कस्तो जीवनसाथीको पर्खाईमा हुनुहुन्छ?
– सच्चा हृदयले माया गर्ने समाजको प्रतिष्ठित व्यापारी। मेरो नजरमा असल श्रीमान नै यही हो
अनि असल श्रीमती नि?
– अनुशासित।
उनलाई डा. केपी ओली नै भन्ने रे !
15 years ago
No comments:
Post a Comment